दार्चुलादार्चुलाको चमेलियामा वैशाख अन्तिम साता थप ८ मेगावाट विद्युत थपिने भएको छ । शैल्यशिखर नगरपालिका–२ देथलामा अपी पावर कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको माथिल्लो नौगाडले उत्पादन गर्ने विद्युत चमेलियामा थपिने भएको हो ।निजी क्षेत्रबाट उत्पादन भइरहेको माथिल्लो नौगाड साना लघु जलविद्युतले वैशाख अन्तिम साता उत्पादन सुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख भुपाल अधिकारीले जानकारी दिए ।…