काठमाडौँसरकारले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न विशेष कार्ययोजना ल्याउने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग सिंहदरबारमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बन्द भएका उद्योग सञ्चालन गर्ने र लगानीको वातावरण बनाउने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको बताए । रोजगारीको अवसर वृद्धि गर्न साना तथा घरेलु…