मकवानपुर नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ । पाँच स्थानबाट एकैसाथ काम अघि बढाइसकिएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झाले जानकारी…