चितवनबैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय खड्का पक्राउ परेका हुन् । उनलाई भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढकालले आज जानकारी दिनुभयो । चितवन प्रहरी र…