सप्तरी, २१ पुस । विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ । खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्यधिक देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको…