काठमाडौं, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले हुँदै नभएको ‘बहुराष्ट्र’ लाई चुनावी नारा बनाएको आरोप लगाउनु भएको छ ।अध्यक्ष ओलीले संविधान संशोधन गर्ने र बहुराष्ट्रको माग सम्बोधन गर्ने प्रतिवद्धता पूरा गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति पनि दिनु भयो । सोमबार काठमाडौंको कपनमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले…