धरान, १८, मंसिरकांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार विरुद्ध सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् । गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा ३६५ मतको अन्तरले पराजित गरेका थिए । पटक पटक मन्त्री बनेका गच्छदार र लघुवित्त वित्तीय संस्था सञ्चालन गर्दै आएकी चौधरी बीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको…