कात्तिक, ४, काठमाडौंदिदी अञ्जली मास्केले यो पटक पनि गोरखनाथ मन्दिर परिसरमा सामूहिक रूपमा भाइटीका लगाइदिने भएकी छिन् । मास्केले ०५५ साल देखि सार्वजनिक रूपमा सामूहिक भाइटीकाको थालनी गरेकी हुन् । उनी अहिले ७२ वर्षकी पुगिन् । दिदीबहिनी नहुने दाजुभाइले मास्केकै हातबाट गोरखनाथ मन्दिर उपस्थित भएर भाइटीकाका लागि तयारी गरिएको मण्डपमा नै टीकाटालो गर्ने गरेका छन्…