सन्धिखर्क,३०, भदौअर्घाखाँचीमा नरभक्षी चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा मानिसलाई चितुवाको आक्रमण नरोकिएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको हो । चितुवाबाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले बिहीबारदेखि चितुवा मार्नका लागि विशेष टोली परिचालन गरेको छ ।गएको मंगलबार साँझ सन्धिखर्क नगरपालिका ७ प्रगतिनगरका ४ वर्षीय मनिष…