केन्द्रबिन्दु सम्बाददाता काठमाडौँ, ३० भदौ । पोर्चुगलमा एक नेपालीले छुरी हानेर अर्को नेपालीको हत्या गरेको छ । पोर्चुगलको राजधानी लिस्बनमा पर्वत मल्लाजका ४४ वर्षिय हरि बहादुर जीसीलाई धादिङका अर्जुन सापकोटाले ढाडमा छुरी हानेर हत्या गरेका हुन्।जापानिज सुशी रेष्टुरेन्टमा कार्यरत जिसी कामबाट फर्किने क्रममा हत्या भएको हो । बाटो ढुकेर बसेका अर्जुनले अन्धाधुन्ध छुरी हान्दा अत्याधिक रक्तश्रावले उनको मृत्यु भएको हो । जिरी र…