काठमाडौँ, ३१ भदौ । वाग्मती सफाइ महाअभियान शुरु भएको २२७ औँ हप्तामा उपत्यकाबाट सबैभन्दा बढी ६७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २२७ औँ हप्तामा आज बानेश्वर क्याम्पसअघि जनचेतनामूलक अभियानसहित सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिकालगायत संस्थाका ४५० अभियन्ताको सहभागिता रहेको…