मेलम्ची, ७ भदौ । इलाका प्रहरी कार्यालय, मेलम्चीले जुवाडेबाट सोमबार बरामद भएको २१ हजार २०५ नगद मंगलबार साँझ फरक क्षमता भएका (अशक्त) विद्यार्थीको पठनपाठनका लागि सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४ मा जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका चारजना जुवाडेबाट उक्त रकम बरामद भएको प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।इन्द्रेश्वरी माध्यमिक विद्यालय…