काठमाडौं ।वागमती प्रदेशको प्रदेशसभाको छैठौं तथा बजेट अधिवेशनको तयारी भइरहेको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काले कोरोनाको सङ्क्रमणलाई मध्यनजर राखी बजेट अधिवेशन गर्दा प्रदेश सदस्यबीच सामाजिक दूरी कायम हुने गरी बैठक कक्षभित्र टेबल कुर्सी र माइकको व्यवस्था भइरहेको बताए ।सचिव खड्काले अधिवेशन अवधिभर प्रदेशसभा सदस्यलाई मूल प्रवेशद्वारदेखि ह्यान्ड स्यानेटाइजर प्रयोग गराई मास्क, पञ्जा लगाउन दिने…