बुटवल।रुपन्देहीको बुटवलमा भिन्दै आइसोलेसन अस्पताल सञ्चालन हुने भएको छ । रामनगरस्थित औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको धागो कारखानामा आइसोलेसन अस्पताल सञ्चालन गर्न लागिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।उपमहानगरपालिकाको अगुवाइमा २४ घण्टाभित्र सञ्चालनमा ल्याउने गरी १०० बेडको आइसोलेसन अस्पताल तयार हुन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। उनले खाली अवस्थामा रहेका हलको प्रयोग गरी…