सर्लाही ।सुकुम्वासी भूमिहिनलाई जमीनको मालिक बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताउनु भएको छ ।बरहथवा नगरपालिकामा आइतबार आयोजित एक कार्यक्रममा मन्त्रि अर्यालले मुलुकमा कुनै पनि नागरिक अब भूमिहिन नरहने बताउनुभयो । त्यसको लागि कानून बनाउन लागेको उहाँले जानकारी गराउनुभयो । “लामो समयदेखि देखिँदै आएको भूमिसम्बन्धी समस्या समाधानका लागि…