सरकारले बजारमा प्लाष्टिकको चामल र अण्डा भेटिएको भनेर प्रकाशित समाचार भ्रामक भएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज एक सूचना जारी गर्दै त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।अण्डा, चामल र पिठोको परीक्षण गर्दा बजारमा हल्ला चलेजस्तो केही पनि मिसावट नभेटिएको भन्दै तथ्यहीन हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको हो…