पोखरा,गण्डकी प्रदेशका सांसदले आफूहरुलाई पनि गाडी सुविधा चाहिने बताएका छन् । सत्तारुढ नेकपा सांसद आशा कोइरालाले शुक्रबार प्रदेश सभामा बोल्दै प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई पनि सवारी सुविधा चाहिने बताइन् । ‘गाउँ र नगरपालिकाका प्रमुख र उपप्रमुखले सवारी साधनको सुविधा पाइरहेको बेला, वडाध्यक्षहरुले पनि सवारी साधनको सुविधा पाइरहेका बेला के…