काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु भएको छ । सोमबार विनियोजन विधेयक २०७६, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ समेत प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको हो ।संसदका दुवै सदनले पास भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ ।…