काठमाडौं,अध्यागमन लगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि अख्तियारले…