काठमाडौं । सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, बाहिर उत्पन्न भएका क्रिया प्रतिक्रियाबारे समीक्षा भएको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले समसामयिक नियमित विषयमा सकारात्मक छलफल भएको बताए । “दुई दलीय उच्चस्तरीय…