रवि लामिछानेविरुद्धको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदन आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ। सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आज सुनुवाइको मिति तोकेको छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सुनुवाइ तय गरेको हो।…

Logo