काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो। बैठकमा समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाउने मुख्य एजेन्डा रहेको बताइएको छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम टुंगो लगाउने तयारी गरेको नेताहरूले…