राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले महाधिवेशनपछि खरो रुपमा प्रस्तुत भएर राप्रपा जनतामाझ स्थापित हुने दावी गरेका छन्। ‘एकत्रित राप्रपाले महाधिवेशनको हाँक पूरा गरेर, आगामी स्थानीय निर्वाचनमा राप्रपा के हो भनेर देखाएरै छाड्ने छ। जनताको चाहना, देशको परिस्थिति, अन्य दलहरुको अवस्था, यी सबै कारणबाट उभार ल्याउने पार्टी भनेको, अब राप्रपा मात्र हो,’…