राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधामा राप्रपाले संसदमा समर्थन वा विरोध गर्ने जनाएका छन्। ‘राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनु पर्छ भन्ने मान्यता राख्दछ । तर राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन,’ राप्रपा अध्यक्ष लोहनीले बुधबार भने। ‘यही मान्यता अनुरुप संसदमा विश्वासको मतदान हुँदा…