शेरबहादुर देउवा गठबन्धन सरकारको प्रधानमन्त्री भए लगत्तै नेपाली कांग्रेसका सांसदहरू मन्त्रीका लागि ‘लबिङ’मा छन्। गठबन्धनमा रहेका दलहरूबीच खटपट नभए करिब १७ महिना सरकार रहने र त्यसपछि पनि चुनावी सरकार गठन हुने भएकोले मन्त्री हुन सांसदहरू जोड्बल गरिरहेका हुन्। एकातिर गठबन्धनका अन्य घटकहरूलाई सरकारमा सहभागी गराउनुपर्ने बाध्यता देउवासामु रहँदा अर्कोतिर पार्टीका सांसदहरूले दिएको दबाब देउवालाई थेगिनसक्नु…