सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सोमवार सुरु हुने प्रतिनिधिसभाको अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। दिउसो १ बजे संसद भवनको ल्होत्से हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभाका २८ जना सांसदलाई कोरोना संक्रमण देखिएकाले भोलिको बैठक कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा…