प्रधानमन्त्री ओलीद्वारा संसदीय दलको बैठक आव्हान

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।  प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएपछि संसद भवनबाट निस्किएका ओलीले बालुवाटार पुगे लगत्तै संसदीय दलको बैठक बोलाएका हुन् । बुधबारका लागि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सबै सांसदलाई उपस्थित हुन निम्तो गरिएको नेकपाले जनाएको छ । 

Logo