काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाने भएका छन् । लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका हुन् । त्यहाँ उनले राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्ने पनि कार्यक्रम तय भएको छ ।राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण अवधिभन्दा अगावै बनेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल…