काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन् । पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो…