नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताका अधिकार खोस्दै गए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।शनिबार कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले भने, ‘कम्युनिष्ट सरकारबाट मुक्ति पाउन आन्दोलन गर्नुपर्ने बेला आउन सक्छ। तयार रहनुपर्छ। त्यसका लागि पार्टी एक हुनु जरुरी हुन्छ।’ सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्दै गएको बताउदै भने, ‘सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि…