नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारी भैरहेको बताएका छन्। विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्री परिवर्तन गर्ने तयारी भइरहेको बताएका हुन् ।आज बिहान पनि प्रधानमन्त्री केपी शर्मा ओली र आफुबीच यस बिषयमा छलफल भएको बताउंदै प्रचण्डले नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टीका अन्य नेताहरूसँग सल्लाह भैरहेको जानकारी दिए। मन्त्रिपरिषद पुनर्गठनको जिम्मेवारी…