काठमाडौं । अनशनरत डा. गोविन्द केसीको माग बमाजिम चिकित्सा शिक्षा विधेयक पारित गर्ने दबाब दिन पुगेका विवेकशील नेपाली दलका संयोजक उज्ज्वल थापासहित चार दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।शुक्रबार दिउँसो संसद भवन अगाडि ‘भोट बेच्न पाइँदैन माफियामुखी ऐन चाहिँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका संयोजक थापासहित ३० जनाभन्दा बढी पक्राउ परेका हुन् ।…