काठमाडौं, ३ माघ ।माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी एमाले र माओवादी केन्द्रले भागवण्डा टुंगो लगाएका छन् ।एमाले माओवादी संयुक्त कार्यदल बैठकले राष्ट्रियसभाका ४३ सिटमा एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलाएको हो ।कार्यदलका नेता सुवासचन्द्र नेम्वाङका अनुसार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको…