हेटौंडा । बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा प्रदेशभरको धान उत्पादनमा ४.०२ प्रतिशतले गिरावट आएको हो। यस वर्ष प्रदेशभर १ लाख ४ हजार ८४९.७० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४ लाख ३५ हजार ४२.६९ मेट्रिक टन मात्र…