विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताएका छन् । झापाको बिर्तामोड–३ स्थित बिर्ता बजारमा आज मदरसा तालिमुल कुरानको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकार नढल्ने बताएका हुन् । ‘पटुवाको सन्ठीले नरिवल घोचे जस्तो कसैले चाहँदैमा घोचेर कोशी प्रदेश सरकार नढल्ने उल्लेख गर्दै उनले भने, ‘सन्ठीले घोच्दा नरिवल झर्दैन…