कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उपचारको लागि विशेषज्ञ टोली पठाएको छ। भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली शनिबार प्रभावित क्षेत्रमा पठाएको हो। कृषि मन्त्रालयका सचिव डा.रेवतीरवण पौडेलका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा.लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतीको नेतृत्वमा शम्सेर…