कार्यक्रम प्रस्तोताहरुको संस्था ‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ को अध्यक्षमा विवेक खतिवडा चयन भएका छन् । विभिन्न रेडियो, टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा कार्यक्रम प्रस्तोताको रुपमा क्रियाशील व्यक्तिहरु संगठित हुँदै अध्यक्षमा खतिवडालाई चयन गरेका हुन् । आईतबार काठमाडौंमा भएको भेलाले ‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ संस्थाको घोषणा गरेको छ । काठमाडौ स्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै…