मुलुकमा मौज्दात अक्सिजनले अझै दुई महिनासम्म पुग्ने आपूर्तिकर्ताले जनाएका छन्। बजारमा अक्सिजन अभावको हल्ला चलिरहेका बेला अहिले नै अक्सिजन अभाव नहुने उनीहरूको भनाइ छ। रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले पछिल्ला केही दिनदेखि अक्सिजनको खबर आउन थालेको बताउँदै यो कुरा सही नभएको जानकारी दिए। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम आएजस्तो नेपालको अक्सिजन भारतमा निर्यात भएको…