सप्तरी ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खण्डमा मोटरसाइकल र भ्यान ठोक्किँदा सोमबार दुई युवकको मृत्यु भएको छ ।दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रकाश चौधरी र सोही मोटरसाइकलमा पछाडी सवार सोही गाउँपालिका–६ बस्ने २३ वर्षीय अनिल चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको…