काठमाडौँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर सम्पन्नको प्रमाणपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा टोखास्थित लायन्स इन्जिनीयरिङ कन्स्ट्रक्शन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित नियन्त्रणमा लिएको छ ।टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिन नगरपालिकाका कर्मचारीलाई मिलाउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले निज चौधरीलाई घुससहित निजकै कार्यालय…