नेपालगन्ज । बाँके प्रहरीले पछिल्लो ६ महिनामा फरार प्रतिवादीमाथि कडाइ गर्दै ३ करोड ३५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ। यस अवधिमा २७० जना फरार अभियुक्त पक्राउ परेका छन् भने उनीहरूलाई १२५ वर्षभन्दा बढी कैद सजाय तोकिएको छ। प्रहरीका अनुसार असोजदेखि फागुनसम्म १,१३२ मुद्दा दर्ता हुँदा ९३९ जना पक्राउ परेका छन्। भन्सार छली नियन्त्रणमा मात्रै…