अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्ने भएको छ। कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेसँगै एन्फाको १५औं कार्यसमितिको बैठक पुस २२ गतेका लागि बोलाइएको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै २२ पुस (बिहीबार)का लागि बैठक आह्वान गरेका हुन्। १ पुसमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित उपाध्यक्ष वीरबहादुर खड्का,…