इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत दर्ता गरेकाे छ । शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोलको फराकिलो जीत निकालेको हो। खेलको ७ औं मिनेटमै गाब्रियल जिससको पासमा इल्के गुण्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै १२ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।…