आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि ओमान पुगेको नेपाली टिमले पहिलो दिनको प्रशिक्षण गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार ओमान पुगेको टोलीले पहिलो प्रशिक्षण पूरा गरेको जनाएको हो। ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको थियो।…