इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा टोटेनहमले लगातार तेस्रो जीत निकालेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनहमले लगातार तेस्रो जीत निकालेको हो। टोटेनहमलाई जीत दिलाउन एक मात्र निर्णायक गोल ह्युङ मिन सनले गरे। सनले खेलको ४२औँ मिनेटमा फ्रि किकबाट गोल गरेका थिए। बाँकी समय दुवै टोलीले गोलको प्रयास…