युरो कप २०२० मा सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट अवार्ड पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जितेका छन् । पोर्चुगल यो पटक युरो कपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ का एक गरी प्रतियोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाएका हुन् । युरो कपको उपाधि भने…