काठमाडौं ।चैत मसान्तभित्र प्रतियोगिता आयोजना सम्पन्न गर्ने गरि नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच मेयर कप–०७७ गर्नका लागि मंगलबार सम्झौता भएको छ ।काठमाडौंको सभागृहमा भएको कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा सम्झौता गरेका हुन । सम्झौता अनुसार महानगरपालिकाले आयोजक नेपाल क्रिकेट संघलाई ५० लाख…