काठमाडाैं । आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा साविक विजेता अस्ट्रेलियालाई रोमाञ्चक खेलमा ५ विकेटले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ। मुम्बईको डी वाई पाटिल स्पोर्ट्स एकेडेमीमा हिजो भएको दोस्रो सेमिफाइनलमा भारतले विशाल लक्ष्य सफलतापूर्वक पछ्याउँदै ऐतिहासिक जित दर्ता गरेकाे हाे । टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलिया महिला टिमले निर्धारित ४९.५ ओभरमा ५ विकेट…