छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा स्टार खेलाडीको छवि बनाउन सफल लेग स्पिनर हुन्, सन्दीप लामिछाने । लामिछाने १२ औँ आईपीएलको यात्रा सकेर नेपाल फर्किएका छन् । उनले महेन्द्र सिंह ध्वनीको चेन्नई सुपर किङ्ग्स र रोहित शर्माको मुम्बई इन्डियन्सबिरुद्धको फाइनल भिडन्त स्वदेशबाटै टेलिभिजनमा हेरे ।सन्दीपको टिम दिल्ली क्यापिटल्स इतिहास रच्दै पहिलोपटक क्वालिफायर्ससम्मको यात्रा तय गर्न सफल भयो…