काठमाडौंओलम्पिक अन्तर्गत एसिया छनोट फुटबलमा नेपाली महिला फुटबल टोलीले आज (विहिबार) आफ्नो पहिलो खेल भारतसँग खेल्दै छ । प्रतियोगिता सुरुवात अघि अभ्यासका लागि चिनमा रहेको नेपाली टोलीले विहिबारको आफ्नो पहिलो खेलमा बलियो भारतलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ ।भारत दक्षिण एसियाकै बलियो टोली हो । नेपाली टोलीले प्रतियोगिता अघि चिनमा केहि स्थानीय क्लबसँग अभ्यास खेलहरु…